Skip to main content

कोभिड-१९ खोपहरु

खोप लिनुहोस्!

 

कोभिड-१९ खोपहरू अब ५ बर्ष वा सो भन्दा माथि उमेरका सबैका लागि उपलब्ध छन् ।तपाइँले पहिल्यै नाम दर्ता गर्नु आवश्यकता छैन । तर तपाइँ अग्रिम नाम-दर्ता गर्न पनि सक्नुहुन्छ । सबै खोप स्थलहरुले नि:शुल्क खोपहरु प्रदान गर्दछन् । खोपका लागी तपाँईको आप्रवासन वा स्वास्थ्य बीमा स्थितिको जानकारीका बावजूद उपलब्ध छन् । 

विना अग्रिम नाम दर्ता नै खोपहरु तल उल्लेखित स्थानहरुमा उपलब्ध छन् । 

  • सि.एच.ए. समरभिलखोप केन्द्र
    १७६ समरभिल एभिन्यु, समरभिल, म्यासाच्युसेट्स् ०२१४३
    सोमबार, मंगलबार: बिहान ११:०० – साँझ ६:३० बजे
    बुधबार, बिहिबार, शुक्रबार: बिहान ८:३० – दिँऊसो ४:०० बजे
    वैकल्पिकः अग्रिम नाम दर्ता गर्न मा हेर्नुहोस् ।
  • स्थानीय औषधालयहरुमा खोप उपलब्धता वा आपूर्तिका बारेमा र विना नाम दर्ता खोप उपलब्धका बारेमा जानकारीका लागी । मा जानुहोस् । अग्रिम नाम दर्ता सिफारिस गरिएको छ । औषधालय खुल्ने समयको जानकारीका लागी तपाइँको स्थानीय औषधालयसंग सम्पर्क गर्नुहोस् । 
  • म्यासाच्युसेट्समा कहीं पनि खोप स्थलहरुको खोजीका लागी Vaxfinder.mass.gov मा हेर्नुहोस् वा २११ मा फोन गर्नुहोस् ।
  •   तपाइँको प्राथमिक हेरचाह प्रदायकसंग सम्पर्क गर्नुहोस् । समरभिलमा सि.एच.ए. र मास जनरल ब्रिहघंम अस्पतालको खोप स्थलहरू रहेछन् । सि.एच.ए.का बिरामीहरूले सि.एच.ए. खोप हटलाइन (६१७)६६५-१९९५ मा फोन गर्नुपर्दछ वा सि.एच.ए.को माईचार्ट मा गएर खोप तालिकाको लागि नाम दर्ता गर्नुपर्नेछ । मास जनरल ब्रिहघंम अस्पतालका बिरामीहरूले बिरामी गेटवे मा गएर खोपका लागी नाम दर्ता गर्न सक्दछन् ।
  • सिटिको खोप बारे अग्रिम जानकारी पाउनको लागी मा गएर आफ्नो नाम दर्ता गर्नुहोस् । यसले तपाँईलाई नवीनतम स्थानीय जानकारी र घुम्ति खोप शिविरको जानकारी प्राप्त गर्न सहयोग पुर्याउँछ । 

कोभिड-१९ बूस्टर खोपका मात्राहरू

बूस्टर खोपहरू १२ बर्ष र माथि उमेरका सबै व्यक्तिहरूको लागि अनुमोदन गरिएको छ।

तपाईं बूस्टरको लागि योग्य हुनुहुन्छ यदि:

  • तपाईंले फाईजर वा मोर्डना कोभिड-१९ खोपको दोस्रो मात्रा कम्तिमा ५ महिना अघि प्राप्त गर्नुभएको थियो,
  • तपाईंले कम्तिमा २ महिना अघि जोण्सन एण्ड जोण्सन कोभिड-१९ खोप प्राप्त गर्नुभएको थियो,
  • तपाँईं १८ बर्ष वा माथि उमेरको हुनुहुन्छ भने तपाँईंले पहिले प्राप्त गर्नुभएको कोभिड-१९ खोपको प्रकारको वास्ता नगरी तपाईंले कुनै पनि कोभिड-१९ को बूस्टर खोपको मात्रा लिन सक्नुहुन्छ।
  • यदि तपाँईं १२-१७ बर्ष उमेरको हुनुहुन्छ भने तपाईंले फाईजरको बूस्टर खोपको मात्रा लिन सक्नुहुन्छ।

तपाँईं बूस्टर खोपको दोस्रो मात्रा लिनको लागि योग्य हुनुहुन्छ यदि तपाईंले:

  • तपाँईंले फाईजर वा मोर्डना कोभिड-१९ खोपको तेस्रो मात्रा कम्तिमा ४ महिनाअघि प्राप्त गर्नुभएको थियो र तपाँईं ५० वर्ष वा सोभन्दा माथि उमेरको हुनुहुन्छ, 
  • तपाँईंले फाईजर वा मोर्डना कोभिड-१९ खोपको तेस्रो मात्र कम्तिमा ४ महिनाअघि प्राप्त गर्नुभएको थियो र तपाँईं १२ वर्ष वा सोभन्दा माथि उमेरको हुनुहुन्छ र तपाँई रोग प्रतिरोधात्मक क्षमताको लागी लडिरहनु भएको छ,
  • तपाँईंले कम्तिमा ४ महिना अघि जोन्सन एण्ड जोन्सन कोभिड-१९ खोपको दोस्रो मात्रा प्राप्त गर्नुभएको थियो।

कोभिड-१९ खोप तथा बूस्टर खोपका बारेमा थप जानकारीको लागि वा यस सम्बन्धी सल्लाह/सुझावका लागी सि.डि.स.को यो https://www.cdc.gov/coronavirus/2019-ncov/vaccines/booster-shot.html वेवसाईडमा जानुहोस्।

सहयोग चाहिन्छ? सिटिको ३११ (६१७-६६६-३३११) मा फोन गर्नुहोस् । खोपहरू पहुँचमा अवरोधको सामना गरिरहेका वासिन्दाहरुलाई यातायात वा भाषामा सहयोग गर्नका लागि सिटिका कर्मचारीहरू उपलब्ध छन् ।  

 
 

खोप क्लिनिकहरू

पछिल्लो अध्यावधिक

 

नोभेम्बर २३, २०२१

बूस्टर खोपहरू अब १८+ उमेरका सबैका लागि उपलब्ध छन्:  

रोग नियन्त्रण केन्द्रहरू https://www.cdc.gov/coronavirus ले सबै वयस्कहरूको लागि कोभिड-१९ बूस्टर खोपहरू अनुमोदन गरेको छ। यसको मतलब यदि तपाइँ १८ वर्षको हुनुहुन्छ र तपाइँले फाईजर वा मोडर्ना खोपको दोस्रो मात्रा प्राप्त गरेको कम्तिमा छ महिना वा जन्सन एण्ड जन्सन खोप प्राप्त गर्को कम्तिमा दुई महिना भैसकेको छ भने तपाइँ तुरुन्तै कुनै पनि कोभिड-१९ खोप सुविधा भएका फार्मेसीहरुमा कोभिड-१९ बूस्टर खोप प्राप्त गर्न सक्नुहुन्छ। बूस्टर खोपहरू प्रतिरक्षा बढाउने तरिकाको रूपमा दृढतापूर्वक सिफारिस गरिएको छ। यो महत्त्वपूर्ण छ किनभने प्रारम्भिक मात्रबाट प्राप्त प्रतिरक्षा समयसँगै घट्दै जान्छ। राज्यले बूस्टर खोपहरूको बारेमा निरन्तर सोधिने प्रश्नहरूको सूची https://www.mass.gov/info-details/covid-19-booster-frequently-asked-questions  मा राखेको छ। जानकारीको लागि तीन मुख्य कुराहरूः तिनीहरू सुरक्षित, निःशुल्क, र सहजै उपलब्ध छन् र यसमा तपाईंको वैधानिक स्थितिको पर्वाह गरिदैन। 

बूस्टर खोपहरू तथा प्रारम्भिक खोपहरू कहाँ प्राप्त गर्ने:  

बूस्टर खोपहरू आगामी जाडो महिनाहरूमा रोगको फैलावट कम गर्नको लागि महत्त्वपूर्ण प्रयास हुनेछन्। यसका लागी पहिलो प्रयास हाम्रो सुझाव युनियन स्क्वायर नजिकै टार्गेट शपिंग प्लाजामा सि.एच.ए. https://www.challiance.org/ खोप केन्द्र हो। यो खोप स्थलमा विना नाम दर्ता वा अग्रिम नाम दर्ता दुबै अवस्थामा खोप उपलब्ध छन् (यद्यपि अग्रिम-नाम-दर्ताले तपाईंको खोप प्राप्त गर्ने र पर्खने समयलाई कम गर्न सक्छ)। सि.एच.ए.ले ५+ उमेरका लागि कोभिड-१९ प्रारम्भिक खोपहरू बाहेक सबै खोपहरूका लागि बूस्टर खोपहरू प्रदान गर्दछ। बूस्टर खोप प्राप्त गर्दा एउटा सल्लाहा: खोप प्रकृया छिटो अगाडि बढाउनका लागि आफ्नो खोप कार्ड ल्याउनुहोस्। खोपका अन्य विकल्पहरूका लागी स्थानीय फार्मेसीहरू पनि समावेश छन् (यसमा अग्रिम-नाम-दर्ता आवश्यक हुन सक्छ)। तपाईंको प्राथमिक स्वास्थ प्रदायक www.vaxfinder.mass.gov मा वा २११ मा फोन गरेर सम्पर्क गर्नुहोस्। 


नोभेम्बर ८, २०२१ 

५ देखि ११ वर्षका बालबालिकाका लागि खोपहरु स्वीकृत: 

संघीय अधिकारीहरूले फाइजरको कोभिड-१९ खोपको सानो मात्रा ५ बर्ष देखि ११ वर्षका बालबालिकाहरूका लागि स्विकृत गरेका छन्। रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सि.डि.सि.) ले ५ वर्ष र सोभन्दा माथिका बालबालिकाहरूलाई रोग विरुद्धको खोप सिफारिस गरेको हो। सि.डि.सि.सँग आफ्ना बच्चाहरूलाई खोप लगाउने बारेमा प्रश्नहरू भएका अभिभावकहरूका लागि विस्तृत जानकारी उपलब्ध छ। सि.डी.सी.का अनुसार बालबालिकाहरूमा वयस्कहरूको तुलनामा कोभिड-१९ बाट गम्भीर बिरामी हुने जोखिम कम भए तापनि बच्चाहरूमा यसले निम्न असर गर्न सक्छ: 

  • कोभिड-१९ निम्त्याउने भाइरसबाट संक्रमित हुने,
  • कोभिड-१९ बाट धेरै बिरामी हुने,
  • कोभिड-१९ बाट छोटो र दीर्घकालीन स्वास्थ्य जटिलताहरू आउने,
  • कोभिड-१९ अरूलाई फैलाउने।

५ बर्ष देखि ११ वर्षका बालबालिकाको लागी कोभिड-१९ खोपको स्थानीय विकल्पहरू निम्न बमोजिम समावेश छन्। कृपया ध्यान दिनुहोस् कि सबै बच्चाहरूको खोपको लागि आमाबाबु वा अभिभावक साथ हुनुपर्छ: 

  • १७६ समरभिल एभिन्यु (युनियन स्क्वायर टार्गेटको छेउमा) मा रहेको सि.एच.ए. समरभिल खोप केन्द्र https://www.challiance.org/patients-visitors/covid-19-vaccine मा विना नाम दर्ता खोप, सोमबार, नोभेम्बर ८ बाट बालबालिकाको लागी खोप प्रदान गर्न सुरु गरिने,
  • स्थानीय सिभिएस र वालग्रीन फार्मेसीहरू,
  • बाल रोग विशेषज्ञका कार्यालयहरू: कृपया आफ्नो स्वास्थ्य प्रदायकसँग सोध्नुहोस्,
  • "खोपहरू (५-११वर्ष)" चयन गरेर www.vaxfinder.mass.gov मा वा २-१-१ मा फोन गरेर ५-११ वर्षका बालबालिकाहरूलाई कोभिड-१९ खोपहरू उपलब्ध गराउने ठाउँ खोज्नुहोस्। स्थानहरू दैनिक सोमबार-शुक्रबार अद्यावधिक गरिनेछन्।
  • समरभिल बिद्यालयको के.-८ बिद्यालय स्थलहरूमा बिद्यालय-प्रायोजित खोप केन्द्रहरू जुन समरभिल बिद्यालयहरूद्वारा अभिभावकहरूलाई जानकारी गराईनेछ।
  • सिटि-प्रायोजित खोप केन्द्रका जानकारीहरू www.somervillema.gov/vaccinewww.somervillema.gov मा सहित सिटिका अन्य सञ्चार माध्यामहरू https://www.somervillema.gov/page/alerts मार्फत घोषणा गरिनेछ।  

यस सम्बन्धी सबैभन्दा नवीनतम जानकारीको लागि कृपया राज्यको वेबसाइट www.mass.gov/covid वा www.mass.gov/info-details/covid-19-vaccinations-for-children-ages-5-11 मा जाँच हेर्नुहोस्। 


सेप्टेम्बर २२०२१

एफ.डी.ए. र सी.डी.सी.ले कोभिड-१९ फाइजर खोपको थप मात्रा केही निश्चित जनसंख्याको लागी अनुमोदन गरेका छन् । कोभिड-१९ फाइजर खोपको थप मात्राहरु अब उपलब्ध छन्: 

  • ६५ वर्ष वा माथिका व्यक्तिहरु । 
  • १८-६४ वर्ष उमेरका व्यक्तिहरु जसको केहि अन्तर्निहित चिकित्सा अवस्थाहरुको कारण कोभिड-१९ को गम्भीर जोखिम रहेको कुरा सीडीसी द्वारा (https://www.cdc.gov/coronavirus/2019-ncov/need-extra-preferences/people-with-medical-conditions.html) परिभाषित गरिएको छ । 
  • १८-६४ बर्ष उमेरका व्यक्तिहरु जो व्यावसायिक वा संस्थागत अवस्था वा बनौटको कारणले कोभिड-१९  को बढि जोखिममा छन् । 

यी कोटिहरु व्यक्तिहरु कोभिड-१९ फाइजर खोपको दोस्रो मात्रा प्राप्त गरेको कम्तिमा ६महिना पछि मात्र फाइजर खोपको थप मात्रा प्राप्त गर्न लागी योग्य हुनेछन् । यसका लागी तपाइँ www.mass.gov/covid-19-vaccine मा गएर आफु यो खोपका लागी योग्य भए/नभएको जाँच गर्न सक्नुहुन्छ ।

तपाइँले फाइजर खोपको थप मात्रा कसरी प्राप्त गर्न सकिन्छ?: 

  • म्यासाच्युसेट्स राज्यमा खोपको थप मात्रा उपलब्ध हुने स्थानहरुको बारेमा जानकारी पाँउनको लागी www.Vaxfinder.mass.gov मा जानुहोस् र उपयुक्त कोष्टमा चिन्ह लगाउनुहोस् । 
  • तपाइँलाई सुविधाजनक स्थान खोज्नका लागी २-१-१ मा फोन गर्नुहोस् । त्यहाँ भाषा सहयोग पनि उपलब्ध छ । 
  • सि.एच.ए. समरभिल खोप केन्द्र मा जानुहोस् । 

थप जानकारीको लागी म्यासाच्युसेट्स जनस्वास्थ्य विभागको कोभिड-१९ को थप मात्रा बारेको प्रश्न-उत्तर सेवा https://www.mass.gov/info-details/covid-19-booster-frequently-asked-questions मा जानुहोस् । यदि तपाइँलाई कोभिड-१९ खोप र स्थलहरु खोज्नको लागी अतिरिक्त सहायताको आवश्यकता छ भने कृपया समरभिल सिटिको ३११ (६१७-६६६-३३११) मा फोन गर्नुहोस् । 


अगस्त २१, २०२१ 

अगस्त १३ मा, एफ.डी.ए. र सी.डी.सी.ले मोर्डना र फाइजर खोपको तेस्रो मात्रलाई केहि व्यक्तिहरुको लागी अनुमोदन गरेका छन । जसले फाइजर वा मोर्डेना खोपको दुई मात्रा प्राप्त गरेका छन् र मध्यम रूपमा उनिहरु गम्भीर प्रतिरक्षा विहीन छन् भने https://www.cdc.gov/coronavirus/2019-ncov/vaccines/recommendations/immuno.html उनिहरुलाई खोपको तेस्रो मात्रा उपलब्ध हुनेछ । यदि तपाइँ विश्वास गर्नुहुन्छ कि तपाइँ फाइजर वा मोडर्ना खोपको तेस्रो मात्राको लागी योग्य हुन सक्नुहुन्छ, कृपया तपाइँको डाक्टर संग परामर्श गर्नुहोस् । थप जानकारीको लागी म्यासाच्युसेट्सको जनस्वास्थ्य विभागको कोभिड-१९ थप खोप मात्राको प्रश्न/उत्तर भाग मा https://www.mass.gov/info-details/covid-19-booster-frequently-asked-questions जानुहोस् । 


मे १८, २०२१

कोभिड-१९ खोपहरू अब १२ बर्ष वा सो भन्दा माथि उमेरका सबैका लागि उपलब्ध छन् ।

१८ बर्ष भन्दा मुनिका जो कोहीलाई अभिभावकको अनुमति चाहिन्छ । धेरै खोप स्थलहरू अब विना अग्रिम नाम दर्ता खुल्ला छन् । खोप स्थल फेला पार्नका लागी vaxfinder.mass.gov मा जानुहोस् ।


मे ६, २०२१ 

आज मे ६ बिहान ११:०० बजे देखी ४:०० बजे सम्म १६१ कलेज एभेन्यु, मेडफोर्ड स्थित टफ्ट्स् विष्वबिद्यालयको ग्यान्चर सेन्टरमा हिडेर जान मिल्ने घुम्ती खोप केन्द्र (फाईजर) सञ्चालन हुदैछ ।

खोपका लागी अग्रिम नाम दर्ता आवश्यक छैन । १८ बर्ष मुनिका व्यक्तिलाई भने साथमा अभिभावक वा अभिभावकको अनुमति चाहिन्छ । सहयोग चाहिन्छ ? ३११ नं. मा फोन गर्नुहोस् ।


मे ५, २०२१

क्याम्ब्रिज हेल्थ एलायन्स, टफ्ट्स युनिवर्सिटी, र समरभिल सिटि लगायत नौ समुदायले सुरू गरेको नयाँ क्षेत्रीय कोभिड-१९ खोप सहयोगी केही स्थलहरू https://www.somervillema.gov/vaccinepartnership अब आजबाट खुला हुदैछन् वा केही अर्को हप्ताबाट प्रारम्भमा हुनेछन्:

  • हाल खुल्ला: टफट्स युनिवर्सिटी गैन्चर सेन्टर, १६१ कलेज एभेन्यु, मेडफोर्ड
  • हाल खुल्ला: ईन्कोर बष्टन हार्बर, १ ब्रॉडवे केन्द्र, एभरेट
  • छिटो खुल्दै: सि.एच.ए. समरभिल (अर्को लक्ष्य), १७६ समरभिल एभेन्यु, समरभिल

तपाईं यहाँ यी स्थलहरूका लागी समय तालिकमा समावेश हुन आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ:

तपाँई https://home.color.com/vaccine/register/metronorth मा गएर वा २११ मा फोन गरेर आफ्नो नाम दर्ता गर्नुहोस् । यदि तपाईंलाई नाम दर्ताको लागि सहयोग चाहिन्छ वा खोपको लागि याताया वा अन्य सहयोग चाहिन्छ भने कृपया ३११ (६१७)६६६- ३३११ मा फोन गर्नुहोस् ।


मार्च ११, २०२१

राज्यले आफ्ना निवासीहरू यही  मार्च १२ शुक्रवार देखि राज्यका खोप स्थलहरुमा खोप लगाउनका लागी अग्रिम नाम दर्ता गर्न योग्य हुने घोषणा गर्यो । अग्रिम नाम दर्ता गर्न www.mass.gov/COVIDvaccine मा जान वा २११ फोन गर्न सक्नु हुनेछ । नाम दर्ता गरेपछि निवासीहरुलाई यसको पुष्टिका लागी एकपटक र त्यसपछि  तिनीहरूको अद्यावधिक स्थितिको बारे फोन, टेक्स्ट, वा ईमेल मार्फत साप्ताहिक रुपमा जानकारी उपलब्ध हुनेछ । एक पटक खोपका लागी समय तालिका उपलब्ध भएपछि बासिन्दाहरूलाई यसबारे तत्काल सूचित गरिनेछ र उक्त सुचनाको २४ घण्टा भित्रमा सो खोप तालिका स्वीर गर्नुपर्नेछ ।

राज्यले प्राथमिक कक्षा देखी १२ कक्षा सम्मका शिक्षक तथा बिद्यालय कर्मचारीहरू, र बालबच्चा हेरचाहकर्मीहरू बिहीबार, मार्च ११ बाट कोभिड-१९ खोपका लागि नाम दर्ता गर्न योग्य हुने घोषणा गरेको छ । कोभिड-१९ खोप लिनका लागी समयतालिका निर्धारण गर्न राज्यको www.mass.gov/vaccine  साइटमा मा हेर्नुहोस् वा २११ फोन गर्नुहोस् । ध्यान दिनुहोस् कि फोन गरेर पर्खनु पर्ने समय लामो हुनसक्दछ । त्यसैले कृपया धैर्य गर्नुहोस् । कृपया यो पनि ध्यान दिनुहोस् की यस समयमा सिटिलाई खोपहरु प्रदान गरिएको छैन र सिटिले स्थानीय स्तरमा खोप समयतालिका निर्धारण गर्न सक्दैन । 

समरभिल सिटिमा यातायात वा भाषाका कारण खोपमा पहुँच पुग्न अवरोधको सामना गरीरहनु भएका वासिन्दाहरुका लागी भाषा तथा यातायातमा पनि सहयोग उपलब्ध छ । यदि तपाईं हाल खोप प्राप्त गर्न योग्य हुनुहुन्छ र खोपका स्रोतहरुमा पहुँचका लागी सहयोग चाहिएको छ भने कृपया ३११ मा फोन गर्नुहोस् । 

यस सम्बन्धमा थप जानकारीको लागि, वा तपाईंको प्रश्नहरूको उत्तरका लागी, वा अन्य जानकारी मूलक बिषयका लागी समरभिल सिटिको www.somervillema.gov/vaccine वेवसाईटमा हेर्नुहोस् । कहिले र कहाँ खोप लगाउन सकिन्छ भनेर पत्ता लगाउन राज्यको www.mass.gov/covidvaccine वेवसाईटमा हेर्नुहोस् ।  

 

 
 

मैले के थाहा पाँऊनु आवश्यक छ?

 

यो खोप महामारीको अन्त्य गर्नका लागि एक उपकरण हो । 

कोभिड-१९खोपका साथ मास्क लगाऊनाले र सामाजिक दूरीकायम गराऊनाले हामीलाई सामान्य अवस्थामा फर्कन मद्दत पुर्‍याउँछ । हामी आफ्नो परिवार र साथीहरूलाई भेट्न सक्दछौं, बिद्यालयमा फर्केर जान सक्दछौं, वा जीवनलाई जोखिममा नपारीकन व्यवसाय सञ्चालन गर्न सक्दछौं। 

खोपमा कुनै पनि जीवित कोरोनाभाइर ससमावेश गरिएको हुँदैन। 

मोडर्ना, फाइजर, र जोन्सन खोपमा कुनै पनि जीवित कोरोना भाइरस हुँदैनन् । तपाइँ खोपका कारणबाट कोभिड-१९बाट संक्रमित हुनुहुन्न । 

खोपहरू प्रभावकारी छन् । 

सबै खोपहरू भाइरसबाट बिरामी हुन र यसबाट हुने सम्भावित मृत्यु रोक्न अत्यन्त प्रभावकारी छन् । 

खोपहरूले विस्तृत सुरक्षा जाँचहरू पारित गरेका छन् । 

सुरक्षामा सम्झौता नगरी छिटो छिटो सफल गरिएका व्यापक विश्वव्यापी ठूला-ठूला चिकित्सकिय परीक्षणहरूका प्रयासगरी खोप उपलब्ध गराएकोमा धन्यवाद । 

सब भन्दा राम्रो खोप त्यो हो जुन तपाईंले पहिले प्राप्त गर्न सक्नुहुनेछ । 

यदि तपाईंलाई खोप लगाउने मौका आएकोछ भने पर्खी नरहनुहोस् । यहाँ धेरै खोपहरू उपलब्ध छन्, र ती प्रत्येक खोप कुनै पनि बेला खोप नलिएका व्यक्ति भन्दा खोप लिएका तपाई र अरुलाई स्वस्थ राख्न धेरै प्रभावकारी छन् । 

तपाईलाई अस्थायी प्रकारको असरको अनुभव हुन सक्छ । 

केहि व्यक्तिहरूलाई यो खोपका कारण कुनै प्रकारको असर नदेखिन सक्छ भने कतीलाई अस्थायी प्रकारको असर देखिन पनि सक्छ । सामान्य रुपमा देखिने असरमा दुखाइ, थकान, टाउको दुख्ने, वा हल्का ज्वरो आऊने हुन सक्छन् । तिनीहरू सामान्यतया केहि दिनहरू रहन्छन् । 

कोभिड खोप सबै व्यक्तिको लागि निःशुल्क हो । 

यसमा स्वास्थ्य बीमा नभएका मानिसहरू पनि सामेल हुन पाँऊने छन् । बीमा भएका व्यक्तिहरूले भने खोप लिने समयमा उनीहरूको बिमाको जानकारी साथै ल्याउनु पर्नेछ ।

आप्रवासीहरूले पनि कोभिड खोप लिन सक्छन् । 

तपाईं यसका लागी तपाँई आप्रवास स्थितिको जानकारी नदिईकनै समय तालिका बनाउन सक्नुहुनेछ र नि:शुल्क खोप प्राप्त गर्न सक्नुहुनेछ । तपाइँलाई सामाजिक सुरक्षा नम्बर सोधिन पनि सक्छ, तर तपाइँले सो प्रदान गर्नु आवश्यक छैन ।

तपाईको व्यक्तिगत जानकारी गोप्य रहनेछ । 

खोप प्रदायकहरूले तपाँईको कुनै पनि व्यक्तिगत जानकारी सार्वजनिक गर्न पाँऊने छैनन् ।

खोप प्राप्त गर्नाले तपाईको ग्रिन कार्ड पाउने सम्भावना लाई असर गर्दैन । 

यस खोपले तपाँईको सार्वजनिक शुल्क/अभियोग निर्धारण तत्वमा कुनै असर गर्दैन ।

कोभिड-१९ खोपको बारेमा जान्नुहोस्, कहाँ खोप लिने थाहा पाँऊनुहोस्, र जानकार रहनुहोस् । somervillema.gov/नेपाली मा हेर्नुहोस् वा (६१७)५९१-३२५५ खोप जानकारी नम्बरमा फोन गर्नुहोस् ।

सहयोग चाहिन्छ ? प्रश्नहरु चन ? ३११(६१७-६६६-३३११) मा फोन गर्नुहोस् ।

 
 

भिडियोहरु

 

कोभिड-१९ खोपहरु  

कोभिड-१९ खोपका सम्बन्धमा परशुराम फुयाल (समुदाय समन्वय विज्ञ तथा नेपाली सहयोगी, समरभिल सिटिः आप्रवासी मामिलाको कार्यालय) र स्वास्थकर्मीहरु विचमा भएको छलफल

 
 

Programs & Initiatives

The Safety Division of the Inspectional Services Department (ISD) provides guidance on safety requirements for building projects in Somerville.
We're addressing excessive use of force and systemic racism at all levels so that we can equitably serve our entire community.

Please submit website feedback using this form. Be sure to include:

A description of the issue (if any)
A link to the affected pages

Thank you for your feedback!